Pura Samachar

कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने

प्रकाशित: September 28, 2021

कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको बताइएकाे छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया