Pura Samachar

पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

प्रकाशित: September 28, 2021

पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

‘मोक्षभूमि’ को कथा संवत १२८० बाट सुरु हुन्छ। यो मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो।

प्रतिष्ठानले यो वर्षको पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ।

आचार्यले तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

‘२०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि गायक तथा सङ्गीतकार आचार्यको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो। १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्,’ प्रतिष्ठानले भनेको छ।

वि.स.२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

प्रतिक्रिया