Pura Samachar

सुरक्षा र बजार व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित: September 29, 2021

सुरक्षा र बजार व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले चार्डपर्वमा जनताले अनुभूति गर्ने गरी उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारी सीडीओ, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले परिवर्तनको परिणाम देखिने गरी काम गर्न र जनतालाई चुस्त सेवा दिन आग्रह गर्नुभयो । सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबस्न समेत उहाँले आग्रह गर्नुभयो ।

बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखहरुले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए । महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया