Pura Samachar

बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

प्रकाशित: September 29, 2021

बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

नेता पुन बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको हो ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी रहनुभएको उहाँको सचिवालयले जनाएको छ।

यसअगाडि सुमेरु अस्पतालमा उपचार गराउनुभएका पुनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूकै सल्लाह अनुसार उहाँलाई थाइल्याण्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड जानुभएको छ ।

प्रतिक्रिया