Pura Samachar

थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची

प्रकाशित: September 29, 2021

थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची

पाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।

पार्टीको वेबसाइटमार्फत् कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश नम्बर २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो।

सभापति शेरबहादुर देउवाले क्रियाशीलको नाम दिएपछि निर्वाचन समितिले सार्वजनिक गर्ने व्यवस्था छ।

सार्वजनिक गरिएका क्रियाशील सदस्यको नयाँ र नवीकरण गरिएको सदस्यता सूची पार्टीको वेबसाइटमा प्रकाशित छ।

कांग्रेसमा अझै ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी छ।

यीमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्ला छन्। प्रदेश २ का रौतहट, बारा, पर्सा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ भने बागमती प्रदेशको रसुवा जिल्लाको क्रियाशील सूची पनि सार्वजनिक हुन सकेको छैन।

प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी र सर्लाहीको भने क्रियाशील विवरण सार्वजनिक भइसकेका छन्। क्रियाशील सदस्यता सार्वजनिक भएका ठाउँमा अब वडा अधिवेशन गर्ने बाटो खुलेको छ। वडा अधिवेशन गर्न क्रियाशील सदस्य मतदाता हुन्छन्।

कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ मा जिल्ला अधिवेशन गर्ने भनेको छ। डोल्पा र रसुवामा अधिवेशनका काम नै सुरू हुन सकेका छैनन्।

कांग्रेसले वडा अधिवेशन गरेका ६४ जिल्लामा भने गाउँ/नगर अधिवेशन पनि सुरू गरेको छ। केही जिल्लाहरूमा भने प्रदेश सभा क्षेत्रीय अधिवेशनसमेत भइरहेका छन्।

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया