Pura Samachar

देउवालाई भेट्न बालुवाटारमा प्रचण्ड

प्रकाशित: September 29, 2021

देउवालाई भेट्न बालुवाटारमा प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केहीबेरमा बालुवाटारमा भेटवार्ता हुनेछ।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच केहीबेरमा कुराकानी हुनेछ।

मन्त्रिपरिषद विस्तारलगायत विषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच कुराकानी हुने बताइएको छ।

नेपाली कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

 

मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीका दुई मन्त्री छन्। गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा छन्।

प्रतिक्रिया