Pura Samachar

सापकोटाविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’मा

प्रकाशित: September 29, 2021

सापकोटाविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं  । सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको थियो ।

प्रतिक्रिया