
लाम । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् ।
मंगलबार राती १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो ।
ट्रक र चालक पाँचथरका ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
प्रतिक्रिया