Pura Samachar

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रकाशित: September 29, 2021

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री राउतले चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेको हो । अभियानअन्तर्गत प्रदेशका छात्राहरूलाई साइकल वितरण भइरहेको छ ।

साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।

साइकल खरिद गर्दा गरिएका कागजात नियन्त्रणमा लिइएको  स्रोतले बताएको छ ।

प्रतिक्रिया