Pura Samachar

सत्ता गठबन्धन दलकाे बैठक बिहीवार बस्दै

प्रकाशित: September 29, 2021

सत्ता गठबन्धन दलकाे बैठक बिहीवार बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि (बिहीबार) लागि सत्ता गठबन्धन दलको बैठक बाेलाउनुभएकाे छ । लामाे समयदेखि मिति सर्दै आएको मन्त्रिपरिषद विस्तार गर्नका लागि गठबन्धनकाे बैठक बाेलाइएकाे प्रधानमन्त्री कार्यालय स्राेतले बताएकाे हाे ।

गत बिहीबार बसेको गठबन्धन बैठकले दल विभाजनसम्बन्धी अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो, तर अध्यादेश खारेजी गरेपनि मन्त्रिपरिषद विस्तारकाे काम हुन सकेकाे छैन ।

गठबन्धनमा मन्त्रालयकाे भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन नसकेकाे स्राेतले बताएकाे छ । भाेलिकाे बैठकमा जसरी भएपनि मन्त्रालय बाँडफाँडकाे अन्तिर रूप दिइ पर्सी शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहनुभएकाे स्राेतले बताएकाे छ ।

यसै विषयमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच लामाे छलफल भएकाे थियाे । दाहालसँगकाे भेटपछि देउवाले गठबन्धनकाे बैठक बाेलाउनु भएकाे छ ।

जसपा र नेकपा एकीकृत समाजवादीबीच अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि मात्रै अध्यादेश खारेज गर्ने अडानका कारण अन्याेलमा रहनुभएका प्रधानमन्त्रीले अध्यादेश खारेजी भइसकेकाे अवस्थामा मन्त्रिपरिषद विस्तारमा अलमलमा नपर्न अनुराेध समेत गर्नुभएकाे बताइएकाे छ ।

प्रतिक्रिया