
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङमा बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ । संसदको जारी गतिरोध अन्त्य गर्नका लागि अध्यक्ष तिमिल्सिनाकाे रूलिङमा भाेली सर्वदलिय बैठक वाेलाइरएकाे हाे ।
संसदीय गतिरोध अन्त्य गर्नका लागि सर्वदलीय बैठकमा सहभागिताका लागि ओलीलाई मनाउन मंगलबार उहाँको निवास बालकोट पुग्नु भएका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीले ‘संसद्लाई मध्यरातमा बन्द गरेर अध्यादेश ल्याउने अनि संसद चालु रहेको बेलामा कानुन निर्माण, परिवर्तन र खारेजी संसदबाटै हुनुपर्नेमा बाहिरबाट गर्ने काम संविधान विपरित रहेको’ बताउनु भएकाे थियाे ।
ओलीले अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुषित मनसायबाट अभिप्रेरित रहेको भन्दै यो दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित रहेको बताउनु भएकाे छ । संसदको नवौ अधिवेशन शुरु भएयता भदौ २३ देखि नै प्रमुख प्रतिपक्षी एमालेले सदनमा नाराबाजी र विरोध गर्दै आइरहेको छ । यसैका बीच सरकारले ल्याएको अर्थसम्बन्धी प्रतिस्थापन विधेयक भने पारित भएका थिए ।
यसअघि पनि संसदको जारी गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि अध्यक्ष ओलीकाे सहभागि हुनु भएकाे थिएन ।
प्रतिक्रिया