Pura Samachar

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना

प्रकाशित: September 30, 2021

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना

काठमाडाैं । बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाको भनाइ छ ।

हाल मौसमको अवस्था 
हाल देशको आधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिहीवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भूभगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया