Pura Samachar

आज प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित: September 30, 2021

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ । संसद सचिवालयले बुधबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने जनाएको हो ।

यस्तै बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण भएको पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ बुधबार मात्र प्रमाणिकरण गर्नु भएको हो । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिक्रिया