Pura Samachar

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

प्रकाशित: September 30, 2021

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको बैठकमा सरकारका दैनिक काम कारबाहीका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री देउवाले आज नै सर्वदलीय बैठक समेत बोलाउनुभएको छ ।

प्रतिक्रिया