Pura Samachar

उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोनाको खोप

प्रकाशित: September 30, 2021

उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोनाको खोप

काठमाडौं:  काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए। उपत्यकामा मंगलवारसम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए। उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन्।

अधिकारीका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन्। काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए।

यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन्। भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन्। सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया