
ठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किनुभएको छ । मन्त्री खड्का आज बिहान स्वदेश फर्किनुभएको हो ।
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन मन्त्री डा.खड्का यही असोज ६ गते न्युयोर्क जानुभएको थियो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराउनुभएको छ ।
प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो । मन्त्री खड्काले महासभामा सहभागीता जनाउँदै विभिन्न देशका विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्नु भएको थियो ।
प्रतिक्रिया