Pura Samachar

नेपालको स्वास्थ्यमा सुधार

प्रकाशित: September 30, 2021

नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ ।

स्वास्थ्यमा समस्या भएपछि हिजो शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु भएका नेता नेपालको स्वास्थ्यमा आजबाट सुधार देखिएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँलाई विगत चार दिनदेखि ज्वरो आइरहेको र आजबट भने स्वास्थ्यमा सुधार आएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि बिरामी पर्नु भएको थियो । उहाँको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया