Pura Samachar

महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेल

प्रकाशित: September 30, 2021

महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेल

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ ।

नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१५ दिनसम्म चल्ने उक्त मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आह्वान गरेको छ । महिला चेम्वरले हरेक बर्ष दसैं–तिहार व्यापार मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया