Pura Samachar

शुक्रबारदेखि सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सुरू हुँदै

प्रकाशित: September 30, 2021

शुक्रबारदेखि सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सुरू हुँदै

शुक्रबारदेखि दक्षिण एसियाली देशहरूको  फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सुरू हुँदैछ।

‍गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएपछि अब्दुल्लाह अलमुताइरीले प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताएका थिए। साफ जित्नका लागि नेपाली टिम सक्षम रहेको उनको भनाइ थियो।

त्यसयता अलमुताइरीले नेपाली फुटबल टिममा धेरै परिवर्तन गरिसकेका छन्। टिममा युवा खेलाडीलाई प्राथमिकतामा राखेका छन्। विपक्षीविरूद्ध आक्रमण खेल्ने रणनीतिमा नेपाली टिमलाई अभ्यस्त बनाउन खोजिरहेका छन्।

अलमुताइरी प्रशिक्षक नियुक्त भएयता नेपालले ७ खेल खेलिसकेको छ। तीमध्ये पाँच खेलमा पराजित भएको छ। एक जित निकालेको नेपाली टिमले एक खेलमा बराबरी खेलेको छ। अलमुताइरीको प्रशिक्षणमा नेपालले आफूभन्दा बलिया टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

नेपालले ७ खेलमा २२ गोल खाएको छ भने ८ गोल गर्न सकेको छ। खेलेका ७ मध्ये नेपालले एक खेलमा मात्र गोल खाएको छैन। यस्तै नेपालले ७ मध्ये २ खेलमा मात्र गोल गर्न सकेको छैन।

अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा
नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल
नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट
नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट
नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट
नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल
नेपाल १- २ भारत – मैत्रीपूर्ण  खेल
नेपाल २- ७ ओमान – मैत्रीपूर्ण खेल

प्रतिक्रिया