Pura Samachar

साफ च्याम्पियनसिपको १३ औं संस्करण आजबाट शुरु

प्रकाशित: October 1, 2021

साफ च्याम्पियनसिपको १३ औं संस्करण आजबाट शुरु

काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करण आजबाट माल्दिभ्समा शुरु हुँदैछ ।मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

१३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् । पहिलो खेल श्रीलंका र बंगलादेबीच हुनेछ । दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया