Pura Samachar

आज दुई खेल हुँदै

प्रकाशित: October 1, 2021

आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ः३० मा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्नेछन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

यस्तै दिउँसो १ः३० मा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।

प्रतिक्रिया