
काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत बन्दसत्र आजदेखि शुरु हुने भएको छ । कार्की पार्टी प्यालेसमा आज दिउँसो १२ बजेदेखि बन्दसत्र सञ्चालन हुने भएको हो ।
बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ ।बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।
अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह त्यसैगरी महासचिव उत्तम अधिकारी साथै तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम आकांक्षी देखिएका छन् ।सहमतिमा नै नेतृत्व चयन गरी शनिबार सम्मेलन सकिने तयारी छ ।
प्रतिक्रिया