
काठमाडौं । निरन्तर ओरालो लागेको सुनको भाउ शुक्रबार प्रतितोला ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।
दसैँ नजिकिँदै जाँदा पछिल्ला केहि दिन सुनको मुल्य घटिरहे पनि आज पुनःबढेको छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार नै नेपालमा सुनको भाउ घटबढ हुने भएकाले अन्य कुराले प्रभाव नपर्ने महासंघको भनाइ छ ।
तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रूपैयाँ रहेको छ यसैगरी, चाँदी प्रतितोला १ हजार १४० रूपैयाँ तोकिएको छ ।
प्रतिक्रिया