Pura Samachar

आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालतमा मुद्दा दायर

प्रकाशित: October 1, 2021

आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालतमा मुद्दा दायर

मकवानपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले मकवानपुर कैलाश गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध विशेष अदालतका काठमाडौंमा मुद्धा दायर गरेको जनाएको हो ।

उनीहरुले आर्थिक वर्ष २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन गरेभन्दा २ लाख ६० हजार ९ सय बढी रकम भुक्तानी गरेको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिएनुभयाे।

प्रतिक्रिया