Pura Samachar

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

प्रकाशित: July 17, 2020

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

काठमाडौं,
साउन २ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको मौसम देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत हुनसक्ने मौसम पूर्वानुमानमा उल्लेख गरेको छ ।

प्रतिक्रिया