Pura Samachar

भारतीयलाई नेपालमा सहज प्रवेश

प्रकाशित: October 2, 2021

भारतीयलाई नेपालमा सहज प्रवेश

सरकारले भारतीय सीमानाका खोल्ने निर्णय गरेको एक साताभन्दा बढी भइसकेको छ तर नेपालीहरूको लागि भने अझैसम्म पनि भारतको यात्रा सहज हुन सकेको छैन । प्रदेश २ का विभिन्न नाकाबाट नेपालीलाई अझै पनि भारततर्फ जान सहज छैन । भारतीय नागरिकहरू सहजरुपमा मुख्य नाकाबाट आउन–जान पाउँछन्  तर नेपाली नागरिकलाई भने चोर बाटो हुँदै भारत जान बाध्य छन् ।

नेपाल सरकारले सीमानाका खोल्ने निर्णय कार्यान्वयनमा ल्याएपछि प्रदेश २ का विभिन्न नाकाहरूबाट सयौँ भारतीय गाडी नेपाल भित्रिने गरेका छन् । तर नेपालबाट भारततर्फ जानका लागि चोर बाटो हुँदै पैदल जानु पर्ने बाधय्ता छ । नेपाल सरकारले सीमानाका खुल्ला गरेपनि भारत सरकारले अझै आफ्नो तर्फको नाका खुल्ला गरेको छैन । सवारीसाधनको प्रवेश पूर्णरुपमा बन्द गरिएको छ ।सीमानाकासँग जोडिएका क्षेत्रहरूबाट दैनिक हजारौँ नेपाली नागरिक किनमेल गर्न भारततर्फ जाने गर्छन् । नाका खुला नभएपछि उनीहरु चाेरबाटोबाट आवातजावत गर्दै आएका छन् ।  धनुषाको नगराईन वडा नम्बर ५ बस्ने राकेश झाले नेपाल सरकारले भारतीय गाडीको प्रवेशमा खुल्ला गरे पनि आफूहरुलाई भने मुख्य नाकाबाट भारत जान नदिएको गुनासाे गरे  । त्यस्तै महोत्तरीको जलेश्वर बस्ने गुड्डु कुमार साहले पनि ‘नेपाल सरकारले मात्रै सीमानाका खोलेर नेपाली नागरिकलाई के फाइदा ?’ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया