Pura Samachar

अमेरिकाले बनायो कोभिड–१९ को संक्रमितले खाने औषधि

प्रकाशित: October 2, 2021

अमेरिकाले बनायो कोभिड–१९ को संक्रमितले खाने औषधि

एजेन्सी । अमेरिकाले कोभिड–१९ को संक्रमणविरुद्ध खाने औषधि ट्याब्लेट तयार पारेको छ ।

अन्तरिम परीक्षणमा रहेको उक्त औषधिले गम्भीर अवस्थाको कोभिड–१९ को संक्रमण भएमा अस्पताल भर्ना वा सम्भावित मृत्यु आधाले कम गर्ने देखिएको बताइएको छ।

मोल्नापिराविर नाम गरेको ट्याब्लेट दिनको दुईपटक बिरामीलाई दिइएको थियो। अमेरिकी औषधि उत्पादक मर्कले उत्पादन गरेको उक्त औषधिको नतिजा निकै सकारात्मक आएको बताइएको छ।

मर्कले अबको दुई हप्ताभित्रै अमेरिकामा सो औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रमुख स्वास्थ्य सल्लाहकार डा एन्थोनी फाउचीले मोल्नापिराविरको परीक्षण नतिजा निकै राम्रो खबर रहेको बताएका छन्।

नियामक निकायहरुले यो औषधिलाई स्वीकृति प्रदान गरेमा कोभिड–१९ को उपचारका लागि प्रयोगमा आउने पहिलो खाने औषधि बन्ने छ। यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो।

७७५ जनामा गरिएको परीक्षणमा औषधि आएकामध्ये ७.३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भए।

प्रतिक्रिया