Pura Samachar

८६७ जनामा संक्रमण, ९ जनाको मृत्यु

प्रकाशित: October 2, 2021

८६७ जनामा संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६ सय २१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा  १ हजार १ सय २३ जना  संक्रमणमुक्त भएका छन् । हाल देशभर  १७ हजार ६४२ संक्रिय संक्रमित रहेकेा मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया