Pura Samachar

टी–ट्वान्टीमा आज दुई खेल हुँदै

प्रकाशित: October 3, 2021

टी–ट्वान्टीमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच बिहान ९ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको करण केसीको कप्तानीमा रहेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन ।

यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ । चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

प्रतिक्रिया