
काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले जवाफ दिँदैछन् ।
राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्।
शुक्रबारबाट शुरु भएको विधान महाधिवेशन आज सकिँदैछ । महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। शनिबार बिहानदेखि शुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ।
त्यसको जवाफ आज तिनै जना नेताले दिने भएका हुन्। नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर महाधिवेशन आज सक्ने तयारी छ ।
प्रतिक्रिया