Pura Samachar

२४ घण्टामा थप ६७९ जनामा काेराेना संक्रमण पुष्टि, ९ जनाले ज्यान गुमाए

प्रकाशित: October 3, 2021

२४ घण्टामा थप ६७९ जनामा काेराेना संक्रमण पुष्टि, ९ जनाले ज्यान गुमाए

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार १० हजार ९२० नमूना परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । याे अवधिमा थप १ हजार ४०५ जना निको भएकाे भन्त्रालयले जानकारी दिएकाे छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

पछिल्लाे २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । ज्यान गुमाउनेकाे संख्या हालसम्म कूल ११ हजार १६४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।/

प्रतिक्रिया