Pura Samachar

एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किनुभएकाे छ

प्रकाशित: October 4, 2021

एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किनुभएकाे छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किनुभएकाे छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्नु हुनुभएकाे अध्यक्ष नेपाल उपचारपछि घर फर्किनुभएकाे हाे ।

उहाँ असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकाे थियाे । उहाँको निजी सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्य संवेदनशीलताका कारण उहाँले थप केही दिन भेटघाट भने नगर्ने हुनुभएकाे छ ।

पूर्ण स्वास्थ्य लाभका लागि केही दिन घरमै आराम गर्न चिकित्सकले दिएकाे सल्लाह अनुसार केही दिन घरमै आराम गर्न लाग्नुभएकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया