
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् । काँग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दबाब दिनुभएको हो ।
उपसभापति निधीको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराउनुभएको छ ।
सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज ८२/८३ दिन भईसक्यो सरकार गठन भएको । हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । तर अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । त्यो ज्याँदै ढिला भयो । यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौं ।’
नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ।
प्रतिक्रिया