Pura Samachar

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

प्रकाशित: October 5, 2021

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काठमाडौं । रकम हिनामिनाको अभियोगमा पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको सिआइबीका डिआइजी धिरजप्रताप सिंहले बताउनुभयो । तामाङले हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको उजुरी प्राप्त भएको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया