
काठमाडौ । संसारका अधिकांश देशमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएका छन्।
नेपालमा समेत सोमवार राती ९ बजेबाट बन्द भएको सेवा हुँराति १०ः३० सम्म बन्द रहेको छ । फेसबुकै अडियो भिडियो तथा च्याट कम्युनिकेसन एप्स म्यासेञ्जरको सेवा पनि एक्कासि अवरुद्ध भएको छ। फेसबुककै अर्को सामाजिक सञ्जाल इन्स्टाग्राम सेवा समेत अवरुद्ध छ।
फेसबुक कम्पनीले यो समस्याबारे आफू जानकारी भएको र समाधानका लागि प्रयत्नरत रहेको जानकारी दिएको ‘द इन्डेपेन्डेन्ट’ले जनाएको छ।
कम्पनीका प्रवक्ताले समस्याले सिर्जना भएकोमा क्षमाप्रार्थी रहेको बताएका छन्। तर समाधान कहिले हुन्छ भन्ने उल्लेख गरेका छैनन्।
“हाम्रा एप्स र उत्पादनमा आएका समस्याबारे जानकार छौं”, फेसबुकका प्रवक्ता एन्डे स्टोनले लेखेका छन्, “हामीले सकेसम्म छिटो समस्या समाधान गर्न प्रयास गरिरहेछौँ, र यसका लागि क्षमाप्रार्थी छौँ ।”
प्रतिक्रिया