
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा चक्कुले हानेर एकजना युवकको हत्या भएको छ ।
चक्कु प्रहारबाट मोरङ घर भएका ३० वर्षीय राज खड्काको मृत्यु भएको हो ।
इन्टरनेट राख्ने विषयमा विवाद हुँदा ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुले खड्कालाई चक्कुले हानेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशील सिंह राठौरले जानकारी दिनुभएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजको उपचारको क्रममा चुनिखेलस्थित करुणा अस्पतालमा मृत्यु भएको थियो ।
मापसे गरेका प्रदिप र राजको बीचमा विवाद भएको थियो । हत्या आरोपी प्रदीपलाई पक्राउ गरिएको एसपी राठौरले बताउनुभयो । बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा उनीहरु डेरामा बस्ने छिमेकी हुन् ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया