Pura Samachar

 दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित: October 5, 2021

 दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको

भक्तपुर । भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ  । दुर्घटनामा परी  पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएकाे उनकाे उपचारका क्रममा मृत्यु भएकाे र माेटरसाइकलकाे पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयाे ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ ।

प्रतिक्रिया