Pura Samachar

नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ६४ लाख नाघ्यो

प्रकाशित: October 6, 2021

नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ६४ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ६४ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका आनुसार पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ८ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ९ हजार १ सय ९६ पुगेको हो ।

हालसम्म कुल जनसङ्ख्याको २९. ५ प्रतिशतले पूर्ण खोप लागाएका छन् । यस्तै ३६.४ प्रतिशत अर्थात् ७९ लाख १३ हजार ५ सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया