Pura Samachar

दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्यो

प्रकाशित: October 6, 2021

दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्यो

आज २०७८ साल असोज महिनाको १९ गते मंगलबार । आज दिनभर भएका घटनाक्रमलाई हामीले रातोपाटी डटकमको नियमित प्रस्तुती ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं ।आजका मुख्यमुख्य समाचारमा मन्त्रिपरिषद् विस्तारको तयारी, मन्त्रीहरुको भागबण्डा मिलेको, एमालेद्वारा प्रतिनिधिसभा बैठकमा अवरोध कायमै, कोरोनाको नियमित अपडेट, मन्त्रिपरिषद्को बैठकलगायत रहेका छन्–१. सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा मिल्यो
सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डाबारे सहमति जुटेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे सहमति जुटेको हो । बैठकमा काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ ।
काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउनेछ । यस्तै सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला  र युवा तथा खेलकुद मन्त्रालयपनि काँग्रेसकै भागमा छ । त्यस्तै, जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातवरण पाउनेछ भने माधव नेपालको पार्टीले कानुन, शहरी विकास, श्रम र पर्यटन मन्त्रालय पाएको छ ।
यसैगरी माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था  र खानेपानी मन्त्रालय पाएको छ ।

प्रतिक्रिया