Pura Samachar

अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान नेपालगञ्ज डाइभर्ट

प्रकाशित: October 6, 2021

अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान नेपालगञ्ज डाइभर्ट

सुर्खेत । वुद्ध एयरले सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको वुद्ध एयर सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो ।

बुधबार विहान सवा ९ बजेतिर सुर्खेत आएको विमान सुर्खेती आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ ।

विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव्र पाण्डेले जानकारी दिनुभयो ।

‘विमानमा अरु कुनै समस्या देखिएर हैन काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन सकेन्,’ पाण्डेले भन्नुभयो, ‘ल्याण्ड गर्ने क्रममा एप्रोच नमिल्दा विमान नेपालगञ्ज गएको हो ।’ मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड हुने उहाँको भनाई छ ।

प्रतिक्रिया