Pura Samachar

नोभेम्बरबाट विश्वविद्यालय खोलिने

प्रकाशित: October 6, 2021

नोभेम्बरबाट विश्वविद्यालय खोलिने

डा. हरिमोहन पोखरेल

कोहिमा/ नागालैंड विश्वविद्यालयका उपकुलपति प्रो परदेशीलाल द्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी महिना नोभेम्बर महिनाको पहिलो तारीख देखि विश्वविद्यालय खोलिने र सुचारु रूपले क्लासहरू चलाउने कुरा जानकारीजानकारीमा आएको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि कुनै पनि विद्यार्थीले छात्रावास मा आउनु भन्दा एआरटी टेस्ट गर्नुपर्ने र त्यसको नेगेटिभ भएको प्रमाण पत्र समेत जम्मा गर्नुपर्ने छ ।विज्ञप्तिले अझै भन्छ कि छात्रावासमा आएको समयमा थर्मल सकेनिङ गरे पश्चात नै प्रवेश पाइने छ ।
कोविद –’19 को प्रोटोकॉल फोलो गर्दै प्रत्येक कक्षामा पचास प्रतिशत विद्यार्थीहरू राखेर क्लास गरिने छ ।कुनै पनि विद्यार्थीले आउनु भन्दा अगाडिबाट विश्वविद्यालयविश्वविद्यालयलाई पूर्व सूचना दिनुपर्छ भन्ने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
हेर्दै जाऔ भविष्यमा कोविदकोविदको महामारीले कति सम्म काम गर्न दिने हो होइन यो त आउने भविष्य नै बताउला तब सम्म तब इंतजार गर्नु नै पर्यो ।

प्रतिक्रिया