
काठमाडौं । पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १९२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । २४ घण्टामा ५९ हजार ३७६ जनाले कोरोनाविरूद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया