Pura Samachar

इटालीको ३७ खेलको अपराजित यात्रामा स्पेनले लगाइदियो पूर्णविराम

प्रकाशित: October 8, 2021

इटालीको ३७ खेलको अपराजित यात्रामा स्पेनले लगाइदियो पूर्णविराम

युरोपियन च्याम्पियन इटालीको ३७ खेलको अपराजित यात्रामा स्पेनले पूर्णविराम लगाइदिएको छ।

युइएफए नेशन्स लिगअन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा इटालीलाई स्पेनले २-१ गोलले पराजित गरेको हो।

स्पेनले पहिलो हाफमै २-० को अग्रता लिएको थियो। दुवै गोल फेरान टोरेशले गरेका थिए। उनले १७ मिनेटमा पहिलो गोल गर्दा पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अग्रता दोब्बर पारेका थिए।

त्यसअघि खेलको ४२ मिनेटमा बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदा इटाली १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफ १० खेलाडीमा खेले पनि इटालीका लागि ८३ मिनेटमा पेलेग्रिनीले गोल फर्काएका थिए।

जितसँगै स्पेनले युरो २०२० को सेमिफाइनलमा हारेको बदला पनि लिएको छ।

 

यसअघि इटालीले ३७ खेलसम्म अपराजित रहँदै विश्वकीर्तिमान बनाएको थियो।

अब दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीच आज राति १२:३० बजे भिडन्त हुनेछ। प्रतियोगिताको फाइनल आइतबार राति हुनेछ।

प्रतिक्रिया