Pura Samachar

जसपाले टुङ्ग्यायो मन्त्रीको नाम

प्रकाशित: October 8, 2021

जसपाले टुङ्ग्यायो मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो ।

प्रतिक्रिया