
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।
प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए। अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैँसँग राखेका थिए।
सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह गरिने भएको छ।
प्रतिक्रिया