Pura Samachar

शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बिदा भए उमेश श्रेष्ठ

प्रकाशित: October 8, 2021

शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बिदा भए उमेश श्रेष्ठ

शेरबहादुर देउवा नेतृत्वको सरकारबाट उमेश श्रेष्ठ बिदा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई समेटिएको छैन । उनको ठाउँमा नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।

प्रतिक्रिया