Pura Samachar

मन्त्रिमण्डल विस्तारको वरियतामा देउवापछि खाँण, शर्मा सात नम्बरमा

प्रकाशित: October 8, 2021

मन्त्रिमण्डल विस्तारको वरियतामा देउवापछि खाँण,  शर्मा  सात नम्बरमा

गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल वरियताको चौथो.नम्बरमा रहेकी छन् । भुसाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।

त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् ।

प्रतिक्रिया