Pura Samachar

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा

प्रकाशित: October 9, 2021
पूरा समाचार

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताएका छन् । नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्ने कामै गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए ।

नवनियुक्त मन्त्री खतिवडाले भने, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबैभन्दा बढी ध्यान केन्द्रित गर्छौं । र यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्न कामहरु त्यसलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’

नवनियुक्त मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने बताए ।

प्रतिक्रिया