Pura Samachar

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा

प्रकाशित: October 9, 2021
पूरा समाचार

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा

 

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो।

जसमा झापाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई रौतहट, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई पर्सा, रौतहटका प्रमुख जिल्ला अधिकारीलाई सुनसरी र गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी बनाएर सरूवा गरेको छ।

प्रतिक्रिया