
नेपालीहरूको ठूलो चाड दसैं सुरु भइसकेको छ । यो पर्व १५ दिनसम्म घुमधामका साथ मनाइने गरिन्छ । कोरोना महामारी संक्रमणमा हामीले सोचेको जस्तो कमी आएको छैन । यति बेला देशमा निषेधाज्ञा वा लकडाउन भने छैन । तर पनि यो कोरोनालाई कसैले खेलवाड नगरौं । कोरोना भनेको महामारी हो । बढी भिडभाड गरियो भने संक्रमण बढन सक्छ । मानिस खचाखच भरिएको यात्रुवाहक साधनहरूमा यात्रा गरिरहेका छन् । काठमाडौंलगायतका सहरमा भिडभाड निकै बढिरहेको छ । काठमाडौंबाहिर निस्कनका लागि बस तथा विमानहरूको टिकट बुकिङ खुला गरिएको छ । गोंगबुलगायतका बस तथा मिनिबस टिकट काउन्टरहरूमा मानिसको बाक्लो उपस्थिति देखिन्छ । मानिसहरूले मास्कको प्रयोग गरे पनि आवश्यक भौतिक दूरी भने कायम गरेको देखिँदैन ।
दसैंका लागि विदेशमा गएका नेपालीहरूको पनि बाक्लो भीड नेपाल आइपुगेको छ । कोरोना महामारी संक्रमणका कारण र त्यस पछि उत्पन्न समस्याका कारण नेपालीहरुको दिल त्यति खुशि छैन । पोहोर साल पनि दसैं त्यस्तै भयो । यस बर्षको दशैमा भने गाउँघरमा मानिसको बाक्लो उपस्थिति हुने देखिएको छ । यो बाक्लो उपस्थितिमा सामाजिक दूरी कायम गर्नु पर्ने हुन्छ । कोरोना अझै समाप्त भइसकेको अबस्था छैन । स्वास्थ्यकर्मी तथा महामारी विशेषज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् । स्वदेशमा रहेका र विदेशबाट आएकाहरूको खुला जमघट र भेटघाटले नेपालमै कतै संक्रमणको अर्को स्वरूप निम्त्याउने त होइन भन्ने प्रश्न पनि उठिरहेका छन । दसैंमा सबैले भेटघाट गर्दा सचेत र सर्तकता अपनाउनु पर्ने देखिन्छ । दसैं लगत्तै कात्तिक महिनामा तिहार पनि सुरु भइसक्छ । यो समयमा हरेक मानिस एकअर्कामा भेटघाट गर्दा माक्स र सामाजिक दुरी कायम गर्न भने छुटाउनु हुदैन । यी पर्वहरूमा हुने घुलमिल र भेटघाटले कोरोना निम्त्याउन सक्छ । हामी सबै सचेत बनौं ।
प्रतिक्रिया